१० जेठ । इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को फाकफोकथुम गाउँपालिका कमिटीले कार्यकर्तालाई उत्पादन र सामूहिक श्रममा जोड्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको छ।

यसअन्तर्गत वडा नं. ४ कमिटीले सामूहिक रूपमा अदुवा रोपेर उत्पादन अभियानलाई व्यवहारमा उतारेको छ। वडा कमिटी अध्यक्ष अम्बर बहादुर लिम्बु तथा उत्पादन फाँटका प्रमुख ढाका बहादुर मगरको नेतृत्वमा सञ्चालन गरिएको कार्यक्रमलाई गाउँकमिटी अध्यक्ष अर्जुन कुमार लिम्बुले उदाहरणीय कार्यको रूपमा प्रशंसा गरेका छन्।

उनले सामूहिक श्रम र उत्पादनले पार्टीभित्र नयाँ ऊर्जा थपेको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तर अघि बढाइने बताए।

Website |  + posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय