क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ

काठमाडौँ । ‘लालीबजार’ को प्रदर्शन रोक्न आग्रह गर्दै डाक्टर रोशनी नेपाली वादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेको गाडी अघि लम्पसार परेकी छन् । उनी नेपाल पर्यटन बोर्डअघि लम्पसार परेकी हुन् ।

गाडीअघि लम्पसार परेपछि गाडीभित्र रहेका रविले रोशनीलाई बोलाउँछन् । अनि सोध्छन्, ‘किन गाडीअघि बस्नुभयो ?’ रोशनीले भन्छिन्, ‘लालीबजार फिल्मले हाम्रो इज्जत लुटिराको छ । हामी यौनकर्मी हौं ?’

रविले भन्छन्, ‘विवाद भएको त सुनेको थिएँ ।’ रोशनीले थप्छिन्, ‘उच्च अदालतमा रीट दिएको छ । अदालतले अन्तरिम आदेश खारेज गर्‍यो । असन्तुष्टि भएर मैले सर्वाेच्चमा निवेदन पनि गरेँ । भोलि सुनुवाइ छ । त्यसले गर्दा अहिले हजुर हाम्रो कृष्ण बनिदिनुस् ।’

रविले भन्छन्, ‘अदालतको आदेशको विरुद्धमा हामी जान सक्दैनौं । अदालतको विकल्प अदालत नै हो ।’ रोशनीले प्रदर्शनरत फिल्म ‘लालीबजार’ रोक्नका लागि उच्च अदालत पाटनमा रीट दिएकी थिइन् ।

उनको रीट उपर अदालतले अन्तरिम आदेश दिएन । अहिले फिल्म प्रदर्शन भइरहेको छ तर रोशनी लगायत केही अभियन्ताले माइतीघरमा आन्दोलन गरिरहेका छन् । फिल्मले वादी समुदायलाई बदनाम गरेको उनीहरूको आरोप छ ।

तर रोशनीहरूले भनेजस्तो नभएको भन्दै अदालतले प्रदर्शन अनुमति दियो । अहिले फिल्मले दर्शकको भरपूर साथ पाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Footer - OurIlam