माङसेबुङ स् इलामको माङसेबुङ गाउँपालिका(२ नं। वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २ नं। वडा वडा कार्यालय इभाङमा पुगेर बिहीबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आफ्नो परिचयपत्र ग्रहण गरेर वडाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको उद्घाटन गरे ।

जिल्ला प्रशासन कार्यालय इलाममार्फत् वितरण गरिँदै आएको राष्ट्रिय परिचयपत्र ३ दिन सो वडाबाट वितरण हुनेछ । २०७८ सालमा सोही वडाबाट विवरण संकलन गरिएकाहरुको परिचयपत्र वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।
आठ हजार १२९ वटा परिचयपत्र वडा कार्यालयबाट वितरण हुनेछ । परिचयपत्र लिनका लागि स्वयम् व्यक्ति उपस्थित हुनुपर्नेछ ।






