इलाम :इलामको माई नगरपालिकामा निशुलक स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठन इलाम र माई कार्यसमितिको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
सप्ताहव्यापी सहिद स्मृति कार्यक्रमहरूको समापनस्वरूप आयोजित स्वास्थ्य शिविरमा स्थानीय नागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधिहरू वितरण गरिएको इलाम अध्यक्ष पारस न्यौपानेले जानकारी दिए ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा मधुमेह, रक्तचाप, मुटु रोग, आँखा परीक्षण लगायत विविध सेवाहरू प्रदान गरिएको थियो । कार्यक्रमको प्रमुख उद्देश्य निजामती सेवा क्षेत्रमा सहिद भएका कर्मचारीहरूको योगदानप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै समाजप्रति सकारात्मक योगदान पु¥याउनु रहेको आयोजकले जनाएको छ ।
समापन समारोहमा निजामती कर्मचारी संगठनका केन्द्रीय, प्रदेश तथा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले सहिदहरूको बलिदान सम्झँदै जनसेवाको मार्गमा संगठनले निरन्तर क्रियाशील रहनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा स्थानीय बासिन्दा, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।






