क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ

माङसेबुङ । इलामको माङसेबुङमा बृहत साकेला सिली प्रदर्शनी कार्यक्रम हुने भएको   उभौलीको अवसर पारेर यही जेठ २ गते शनिबार माङसेबुङ  हस्टेमा किराँत राईहरुको सांस्कृतिक नाच साकेला सिली प्रदर्शनी हुने भएको हो 

प्रत्येक वर्षको उभौलीमा आयोजना हुदै आइरहेको यस कार्यक्रममा झापापाँचथर  इलामको गरी २२ वटा साकेला टोलीको सहभागिता रहने साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समितिका सचिव ध्रुव राईले जानकारी दिए । यसै गरी पाँचथरको दुई वटा केलाङ टोली समेत आउने राईले बताए 

किरात राई समुदायले हर्षोल्लासका साथ मनाउने उक्त कार्यक्रममा इलाम जिल्ला समन्वय समिति अध्यक्ष जय प्रकाश राई प्रमुख अतिथिको रुपमा रहने आयोजक समितिले जानकारी दिएका छन्  समितिका अनुसार कार्यक्रममा माङसेबुङमा किरात राई यायोक्खा निर्माणमा अग्रणी भूमिका खेलेका लामो समय शिक्षण पेशामा रहि समाजलाई सहि मार्गदर्शन दिएका तथा विभिन्न सामाजिक संस्थाहरुमा रहि काम गरिरहेका माङसेबुङ  निवासी भक्त बहादुर एवाईलाई सम्मान गरिने कार्यक्रम रहेको   कार्यक्रममा साकेला सिली प्रदर्शनीसँगै रैथाने उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय रुपमा उपलब्ध खानेकुरा पाइने समेत आयोजक समितिले बताए 

किराँती समुदायले उभौली(धिरिनाम उधौली(छिरिनामगरेर वर्षमा दुई पटक यो चाड मनाउने गर्दछ  विशेष गरी राई समुदायले वैशाखे पूर्णिमामा मनाइने उभौलीलाई महत्वका साथ हेर्ने गर्दछ 

पृति तथा प्रकृति पूजक किराँतीहरूले उभौलीलाई बाली लगाउने समय भएकोले प्रशस्त पानी परोसदैवी प्रकोप नआवोसरोगव्यादी नलागोससुख शान्ती छावोस भनी मनाउने गरिन्छ  मंसिरे पूर्णेमा मनाइने उधौलीलाई बाली नाली फस्टायोधन आयआर्जन भयोसुखशान्ति छायोआउदो समयमा पनि यस्तै होस भन्ने कामना सहित मनाइन्छ 

प्रकृतिचराचुरुंगी तथा जीवजन्तुको नक्कल गर्दै ढोलझ्याम्टाको तालमा भाका मिलाउदै साकेला नाच्ने गरिन्छ  बालक देखिवृद्धासम्मले नाच्ने साकेला सिली नयाँ पुस्ताले अझ उत्सुकताका साथ अवलम्बन गरिरहेको  । उभौली र उधौली चाडलाई किराँत समुदायका राईलिम्बूयाक्खा  सुनुवारले मुख्य चाडका रूपमा मनाउने गरेका छन् ।

माङसेबुङ । इलामको माङसेबुङमा बृहत साकेला सिली प्रदर्शनी कार्यक्रम हुने भएको छ । उभौलीको अवसर पारेर यही जेठ २ गते शनिबार माङसेबुङ ६ हस्टेमा किराँत राईहरुको सांस्कृतिक नाच साकेला सिली प्रदर्शनी हुने भएको हो ।

प्रत्येक वर्षको उभौलीमा आयोजना हुदै आइरहेको यस कार्यक्रममा झापा, पाँचथर र इलामको गरी २२ वटा साकेला टोलीको सहभागिता रहने साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समितिका सचिव ध्रुव राईले जानकारी दिए । यसै गरी पाँचथरको दुई वटा केलाङ टोली समेत आउने राईले बताए ।

किरात राई समुदायले हर्षोल्लासका साथ मनाउने उक्त कार्यक्रममा इलाम जिल्ला समन्वय समिति अध्यक्ष जय प्रकाश राई प्रमुख अतिथिको रुपमा रहने आयोजक समितिले जानकारी दिएका छन् । समितिका अनुसार कार्यक्रममा माङसेबुङमा किरात राई यायोक्खा निर्माणमा अग्रणी भूमिका खेलेका लामो समय शिक्षण पेशामा रहि समाजलाई सहि मार्गदर्शन दिएका तथा विभिन्न सामाजिक संस्थाहरुमा रहि काम गरिरहेका माङसेबुङ ६ निवासी भक्त बहादुर एवाईलाई सम्मान गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा साकेला सिली प्रदर्शनीसँगै रैथाने उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय रुपमा उपलब्ध खानेकुरा पाइने समेत आयोजक समितिले बताए ।

किराँती समुदायले उभौली९धिरिनाम० र उधौली९छिरिनाम० गरेर वर्षमा दुई पटक यो चाड मनाउने गर्दछ । विशेष गरी राई समुदायले वैशाखे पूर्णिमामा मनाइने उभौलीलाई महत्वका साथ हेर्ने गर्दछ ।

पृति तथा प्रकृति पूजक किराँतीहरूले उभौलीलाई बाली लगाउने समय भएकोले प्रशस्त पानी परोस, दैवी प्रकोप नआवोस, रोगव्यादी नलागोस, सुख शान्ती छावोस भनी मनाउने गरिन्छ । मंसिरे पूर्णेमा मनाइने उधौलीलाई बाली नाली फस्टायो, धन आयआर्जन भयो, सुखशान्ति छायो, आउदो समयमा पनि यस्तै होस भन्ने कामना सहित मनाइन्छ ।

प्रकृति, चराचुरुंगी तथा जीवजन्तुको नक्कल गर्दै ढोल, झ्याम्टाको तालमा भाका मिलाउदै साकेला नाच्ने गरिन्छ । बालक देखिवृद्धासम्मले नाच्ने साकेला सिली नयाँ पुस्ताले अझ उत्सुकताका साथ अवलम्बन गरिरहेको छ । उभौली र उधौली चाडलाई किराँत समुदायका राई, लिम्बू, याक्खा र सुनुवारले मुख्य चाडका रूपमा मनाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Footer - OurIlam