क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ

इलाम । अविरल वर्षासँगै आएको बाढीले इलाममा दुईवटा पक्की पुलसहित पाँचवटा मोटरेबल र एक झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । बाढीले मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासेस्थित इलाम नगरपालिका–११ सोयाक र माई नगरपालिका–९ चिसोपानी जोड्ने माईखोलाको पक्की पुल भाँचेको छ ।

बाढीले सोही सडक अन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलाको बेलिब्रिज बगाएको सडक डिभिजन इलामका डिभिजन प्रमुख इन्जिनयर पवन भट्टराईले जानकारी दिए । सो बेलिब्रिज गतवर्षमा मात्र निर्माण गरिएको थियो ।

त्यस्तै मङ्गलबारे–गजुरमुखी–इभाङ–चतुरे सडक अन्तर्गत गजुरमुखीधामस्थित देउमाई नगरपालिका र माङसेबुङ गापालिका जोड्ने देउमाई खोलाको पक्की पुल क्षतिग्रस्त बनाएको छ । त्यस्तै सिमलगोलाइ–जोगमाई–तिल्केनी सडक अन्तर्गत जोगमाई खोलाको बेलिब्रिज समेत बगाएको छ । सो बेलिब्रिज पनि गएको वर्ष मात्र निर्माण गरिएको थियो ।

त्यस्तै मेची राजमार्ग अन्तर्गत राजदुवालीस्थित इलाम नगरपालिका–९ र १० जोड्ने माईखोलाको पक्की पुलमा समेत क्षति पुर्याएको डिभिजन प्रमुख भट्टराईले बताए ।

बाढीले ‍इलामको गजुरमुखीधामस्थित माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको झोलुङ्गे पुल बगाएको छ ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि जिल्लाका प्रायजसो सबै सडकहरु अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भट्टराईले बताए ।

‘अवरुद्ध सडक सुचारु गराउनका कार्यालयमा उपलब्ध स्काभेटरसहित संघीय सडक सुपरीवेक्षण तथा अनुमगन कार्यालय इटहरीबाट तीनवटा स्काभेटर ल्याउँदैछौं,’ उनले भने, ‘दुईरतीन दिनभित्र मुख्य सडक सञ्चालन गर्ने प्रयासमा छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Footer - OurIlam